WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, January 4, 2013

146.कहिल्यै पूर्ण आएनन् मात्र आधाहरु आए

कहिल्यै पूर्ण आएनन् मात्र आधाहरु आए
जिन्दगिभर नै अडचन अनि बाधाहरु आए

उसंग तुलना गर्न मिल्दै मिल्दैन मेरो कथा
समथर आएनन् कहिल्यै मात्र डाँडाहरु आए

फूल सोंच्यो जिन्दगि घोंची रहन्छ आफैलाई
पनछ्याउनै गाह्रो भो बिझाउने काँडाहरु आए

मेरै नजिकैको भाग भरिभराउ छ भन्दै बसें म
तर अगाडी त मात्र केवल रित्ता भाँडाहरु आए

कलियुगको कृष्ण हौ "रोहित" तिमि भनिकन
बल्ल आज एकहुल गोपिनी अनि राधाहरु आए

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान