WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, January 28, 2013

165. अमर वीर शहिद गंगलालको छोरो हुँ म

वीर शहिदहरु प्रति समर्प्रित***

अमर वीर शहिद गंगलालको छोरो हुँ म
जननी जन्मभूमि नेपालको छोरो हुँ म

परि आएमा मेरो शिर चढाउन तयार छु
तराइ पहाड अनि हिमालको छोरो हुँ म

देश नेताहरुको पेवा होइन चेतना भया
खुँडा खुकुरी अनि तरवालको छोरो हुँ म

शाहिदकै रगतले मेची काली उर्लिराछन्
सारस मैना मयुर मुनालको छोरो हुँ म

तिम्रा ति कुकर्म हेरी शहिदहरु श्रापिराछन्
बुझ तिलिचो रारा फेवातालको छोरो हुँ म

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान