WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, January 9, 2013

151.दिउसै हुन्छ किन्-बेच हतियार काठमाण्डौमा

दिउसै हुन्छ किन्-बेच हतियार काठमाण्डौमा
हुन्छ सोझा-साझाकै नर-संहार काठमाण्डौमा

दोहोरी अनि डिस्को भरी देखें हाम्रै दीदी बहिनी
गर्दा रहेछन् खुब देहको व्यापार काठमाण्डौमा

न कसैले सुन्यो न कसैले बुझ्यो हाम्रो यो पिडा
मर्नु लाग्दा पनि पाइन्न उपचार काठमाण्डौमा

सपनाको शहर ठान्नु भूल त हाम्रै रहेछ हजुर
कसरि ज्युनु छैन बाँच्ने आधार काठमाण्डौमा

जो देखें सो लेखें "रोहित"लाइ गल्ति नठान्नु
लागिराछ आफैभित्र  धिक्कार काठमाण्डौमा

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान