WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, August 8, 2013

258. कोमल यो छातीलाई अचानो बनाएर

    कोमल यो छातीलाई अचानो बनाएर
    के पायौ खै आफ्नैलाइ बिरानो बनाएर

    मेरो विचार कदापी परिवर्तन हुने छैन
    तिमि ठुलो नहोउ मलाई सानो बनाएर

    मेरो देशमा निर्दोष सोझालाइ दबाइन्छ
    सरकारले नि कोर्रा हान्छ उत्तानो बनाएर

    शहरमा मेरा गजलहरु बिक्रि हुन्छन् अचेल
    कमाएर पठाएको छु आमा मानो बनाएर

    'लेख बाबु गजल' आमा सधै भन्नु हुन्छ
    तिनै रुझेका आँखाहरु ओबानो बनाएर

    रोहित राना
    बुटवल-१३रुपन्देही
    हाल- काबुल,अफगानिस्थान
    "बुद्ध नेपालमा जन्मेका हुन्"
    "Buddha was born in Nepal"