माना पाथि मायाको, भर्न मन लाग्यो
तिम्रै तिर बसाई, सर्न मन लाग्यो
निष्पत्त थियो रात, मिठो तिम्रो साथ
पबित्र मायाजालमा, पर्न मन लाग्यो
स्नेहका पानाभरी, केवल तिम्रै तस्बीर
तिम्रै न्यानो काखमा, मर्न मन लाग्यो
कती बस्नु कल्पिएर,हरेक पल यादमा
दुवैजना मिली जंघार, तर्न मन लाग्यो