हिड्दा हिड्दै दोबाटोमा, छाद्दयो तिमीले
बिना अर्थ माया मलाई, मार्यो तिमीले
भत्कीएका सपना थिए,झनै पर्यो बज्रपात
मायाबाट किन बसाई, सार्यो तिमीले
बेबारिसे जिन्दगी यो,मर्नु न बाच्नु भयो
छाडी हिंडेउ दोधारमा, पार्यो तिमीले
बदनाम गर्यो मेरो, इज्जत के रह्यो र
बन्द गरी ढोका कांडे तार, बार्यो तिमीले