WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, August 13, 2011

"गजल"

तिमीलाई बिस्वास मैले,गरेर पो के भो यहाँ 
झूठो त्यो  मायाजालमा, परेर पो के भो यहाँ  

हृदय भरी राखी माया तिम्लाई गर्छु भन्ने  
तिम्रै घर-छेउ बसाई, सरेर पो के भो यहाँ

 बाधा अड़चन आओस, सामना गर्छु भन्थेउ
तिम्लाई पाउन मरिहत्त्ये, गरेर पो के भो यहाँ

जानु रैछ आखिर पराइलाई नै अंगालेर
तिम्रै निम्ति पटक-पटक, मरेर पो के भो यहाँ