WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, August 13, 2011

"गजल"

त्याग अनि तपस्या,त्यो बलिदान कहाँ
लेखा-जोखा गर्न प्रेमको,संबिधान कहाँ

धोका दिनेलाई सजाय, जरुर हुनु पर्छ अब  
पवित्र  माया लगाउनेको, पहिचान कहाँ

जुनी-जुनी नमेतिने,अमर माया गर्छु भन्ने
खोई  सांचो प्रेमको अमित, निशान कहाँ

मिलन हुंदा अमर, छूटे मर्यो भन्छन माया  
मर्यो अरे  माया खै त्यो, चिहान कहाँ