WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, August 13, 2011

"गजल"

भावनाको  हुन्छ,जातिभातिको कुरा नगर 
छाडी जाने निस्ठुरी, त्यो साथिको कुरा नगर 

बिस्वास अनि त्यो बाचाजती सुकै गरे पनी
पापी रैछ संसार, विस्वाशघतिको कुरा नगर

स्वर्गको अनुभूति हुन्थ्यो , अंगालोमा पाऊँदा
भुइंकै धुलो संझेऊ,आकाशमाथिको कुरा नगर

तिम्रो शिरमा पुष्प-गुच्छाअर्पण गर्छु  भन्थेउ  
पूजा आजा होइन हजूर,तितेपातिको कुरा नगर