WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, November 22, 2014

312. मैले मेरो अस्तित्व मेरै बा'आमामा देखेकोछु

मैले मेरो अस्तित्व मेरै बा'आमामा देखेकोछु
अनि देशको अस्तित्व सगरमाथामा देखेकोछु

मालीले नै फूलको हत्या गरेको सुनियो यहाँ
बरु फूल सुरतक्षित त मैले गमलामा देखेकोछु

याद भुलाउन उस्का सारा तस्विरहरु जलाए नि
तर झन् बेसि किन? उसैलाइ सपनामा देखेकोछु

यि मान्छेहरु हिँडेर कहाँ-कहाँ पुग्छन् होला खै?
जहिले जतिखेर नि यस्तै हतार यात्रामा देखेकोछु

हाम्रो देश बन्नु भनेको त प्रभुकै हातमा रहेछ नि
त्यसैले त नेताहरु हिंडेको प्रभुकै इशारामा देखेकोछु


रोहित राना
बुट्वल-१३, रुपन्देही
"Buddha was born in Nepal"