WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, June 26, 2015

322. केहि गर्ने जोश जाँगर हराएको छ

केहि गर्ने जोश जाँगर हराएको छ
कसम अहिले भर्खर हराएको छ

सायद प्रेमकै रोग रहेछ लागेको
औषधिको जम्मै असर हराएको छ

तिमी जाबो रुपैयाँ हारायो भन्छौ यार
यहाँ कतिको बस्ने घर हराएको छ

ज्यान दिने त्यो विर'गोर्खाली हुनुपर्छ
त्यसैले त मर्छु भन्ने डर हराएको छ

मुसाफिर भै हिंडीरहेछु- हिंडीरहेछु
गन्तव्य बिहिन छु सफर हराएको छ
रोहित राना
बुटवल -१३,रुपन्देही