WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, December 31, 2012

142.बाबु चर्को घामले पोल्ला आमाको माया

बाबु चर्को घामले पोल्ला आमाको माया
बिदेशी ति दामले पोल्ला आमाको माया

स्वदेश बानाउ आफ्नो भन्या आफ्नै हुन्छ
परायको कामले पोल्ला आमाको माया

हामि बुढाबुढी भै सक्यौं एक्लै नछोड अब
जन्मेको यो ठामले पोल्ला आमाको माया

नाति र नातिना देखेरै मर्ने धोको छ हाम्रो
प्रियसीको  नामले पोल्ला आमाको माया

गरे सुन फल्छ बाबु यही सुन्दर धर्तीमा नै
सधैं खाने मामले पोल्ला आमाको माया

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान