WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, December 26, 2012

139.म सपना देखेर बांच्दैछु

म सपना देखेर बांच्दैछु
र गजल लेखेर बांच्दैछु

पृथ्वीले के सोँच्छ होला?
म उसैलाई टेकेर बांच्दैछु

थाहा छैन धर्मक्रम के'हो
मात्र टुलुटुलु हेरेर बांच्दैछु

संदेश उनले पाइनन् अरे
पून: पत्रहरु केरेर बांच्दैछु

मर्न खोज्दा उनैले रोकिन्
नयाँ जीवन फेरेर बांच्दैछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान