WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, December 5, 2012

134.भेटाएं मैले तिमि नै हौ घाम अनि प्रकास भन्नेहरु पनि

भेटाएं मैले तिमि नै हौ घाम अनि प्रकास भन्नेहरु पनि
भेटाएं अझ मलाई हरामी अनि बदमास भन्नेहरु पनि

सहयोग पनि गरेकै हो दु:ख परेको बेलामा उनीहरुलाई
उनीहरु नै रहेछन् होस यसको सत्यनास भन्नेहरु पनि

दु:ख पर्दा रोएको थिएँ म खुशीमा हाँसेकै छु नि हजुर
रहेछन् हजुर मलाई तँ त्यसरी नहाँस भन्नेहरु पनि

काल आउनु पर्ने रहेछ यो पापी संसार छोडी जानलाई
मित्रहरु यस्ता रहेछन् होस चाडैं स्वर्गबास भन्नेहरु पनि

यहाँ मानव-मानवहरु बीच भेदभाव भइ रहेको बेलामा
एकहुल भेटाएं रोहित हो मानवताको रास भन्नेहरु पनि

रोहित रानामगर
रुपन्देही,बुटवल