WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, December 22, 2012

135.तिमीले मलाई रुवायौ कारण सोधिन

तिमीले मलाई रुवायौ कारण सोधिन
अमृत भन्दै बिष खुवायौ कारण सोधिन

जान्ने बुझ्ने तिमि नै थियौ म त लाचारी
मेरा सारा सपना तुहायौ कारण सोधिन

हिजो जसरि हेर्थें उस्तै रुपले हेरी रहेकै छु
तर त्यो मन अन्तै बुझायौ कारण सोधिन

भन्थेउ हाम्रो सम्बन्ध नङ् र मासु जस्तै हो
सम्बन्ध पलभर मै चुडायौ कारण सोधिन

मेरो सिंङ्गो शरीर हाजिर थियो तिम्रो लागि
तर शरीर भरि छुरा गुडायौ कारण सोधिन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान