WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, December 23, 2012

136.पुरानो रिवाज फेर्ने जिम्मा पाकोछु मैले त

पुरानो रिवाज फेर्ने जिम्मा पाकोछु मैले त
नयाँ इतिहास केर्ने जिम्मा पाकोछु मैले त

डाक्न मैले सारा नेपालीहरुलाइ डाकेकै छु
सिंहदरबार घेर्ने जिम्मा पाकोछु मैले त

आस्वासन मात्र दिए यी फटाहा नेताहरुले
तिनै नेताहरु सेर्ने जिम्मा पाकोछु मैले त

यो कठ्याँङ्रिने जाडो भरि नै सबै गरिबलाई
न्यानो लुगाले बेर्ने जिम्मा पाकोछु मैले त

अनाथ आश्रमभरि हेर्नुस ति लालाबालाहरु
तिनैलाइ राम्ररी हेर्ने जिम्मा पाकोछु मैले त

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान