WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, December 29, 2012

141.छोराले बाउलाई हराउने काम यहीँ हुन्छ

छोराले बाउलाई हराउने काम यहीँ हुन्छ
नभाको आरोपमा कराउने काम यहीँ हुन्छ

जनताका रगत र पसिना चुस्दै चुस्दै हेर्नुस
आफ्नो त्यो ढुकुटी भराउने काम यहीँ हुन्छ

जनतालाई बालै भो आफन्तलाई ठुलो पदमा
छिन् भरमै स्वीकृति गराउने काम यहीँ हुन्छ

गरिबका झुपडी भत्काएर आफन्तलाई भने
सिंघदरबारमा बसाइ सराउने काम यहीँ हुन्छ

बाढी पिडित हामि जनता डुबानमा पर्दा पनि
आफ्नालाई चाहिँ डुंगा तराउने काम यहीँ हुन्छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान