WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, December 25, 2012

137.एउटाले बेस्सरी थर्काएर गयो

एउटाले बेस्सरी थर्काएर गयो
मुसलधारे आँशु धर्काएर गयो

यो सदिमा नि सानोठुलो जात
भन्दै सुनपानीले छर्काएर गयो

चौतारीमा भेट्ने बाचा थियो है
आएन उ मलाई पर्खाएर गयो

गद्याङ्ग-गुडुंग बिहानै देखि हो
असिना भारि हेर बर्साएर गयो

खेल हो हार जित भैहाल्छ नि
मेरो हारमा तालि बजाएर गयो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान