WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, April 28, 2012

"गजल"


सांच्चै पराई ठान्यौ ', एक्लो छू'नि
घाइते वार्णले हान्यौ ', एक्लो छू'नि

विवशतै विवस्ताले,पिरोलिएको जीवन मेरो
कमी कमजोरी जान्यौ ',एक्लो छू'नि

सबै तिम्रा चाहना, पुरा गर्न सकिन के गरुं?
नामर्द मलाई मान्यौ ', एक्लो छू'नि

पाखा लायौ यो ज्यान,समीप राख्यौ  अर्कैलाई
उसैलाई अंगालोमा  तान्यौ ',एक्लो छू'नि