प्रेम सधैं पवित्र हुन्छ, भिन्न न'भन
दिएकोछु चोखो माया,लिन्न न'भन
मुना अनि मदन, यस्तै हुनु पर्छ हामी
कसिएको मजबुद डोरी,छिन्न न'भन
यि मन तन मिल्यो, बांकी केही छैन
मागेको छू बूंद स्नेहको,दिन्न न'भन
पाऊंने'छैनौ तिमी,यस्तो अमर माया
अमूल्य यो प्रितिलाई, किन्न न'भन