डाँको छाडी रुंदा पनि, गजल बन्दो रैछ
पीर व्यथा धुंदा पनि,गजल बन्दो रैछ
नयन जुझ्दा'खेरी,तर्सिने मान्छे उनी
स्पर्सले छुंदा पनि, गजल बन्दो रैछ
तिम्रै वियोगमा, म चिच्याई कराउँदै
आफै पागल हुंदा पनि,गजल बन्दो रैछ
कति लेखुं 'म गजल,आफ्नै जिंदगीको
लेख्दा केही बूंदा पनि,गजल बन्दो रैछ