WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, July 15, 2013

250. के गर्नु हजुर सराबकै लत छ आफ्नो त

के गर्नु हजुर सराबकै लत छ आफ्नो त
हृदय भरि वियोगको खत छ आफ्नो त

न बिर्सन सकेँ न उनलाई पाउन नै सकेँ
त्यसैले यो छाती भत्'भत् छ आफ्नो त

छाडीजाने मायाकै किन बेसी याद आउँछ?
साँच्चै मन झन्'झन् छट्पट छ आफ्नो त

मलाई एकान्त निकै प्यारो लाग्छ अचेल
र त एकान्त प्रेमिकै संगत छ आफ्नो त

मलाई हजुर यो शहर फित्तिकै मन पर्दैन
त्यसैले गाउँ नछोड्ने अभिमत छ आफ्नो त

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"