तिम्रा पाइला प्रगतिमा, लम्किएको हेर्न चाहन्छु
खरेडी-खरेडी भो जीवन,हरियाली फेर्न चाहन्छु
छाडी गयौ के भो'र, तिम्रै खुसीले त गएको हौ
अंतिम पल्ट तिमीलाई,अंगालोमा वेर्न चाहन्छु
अचानक भुइचालो नै ल्यायौ नि, मेरो जिवनमा
खुसीसंग बाँच्नु है!,चुलेसिमा मै सेर्न चाहन्छु
सबै जान्छु स्वर्ग भन्छन,म त जान्छु नर्क नै बरु
अंतिम स्वास छड्नु अघि,तिम्रै नाम केर्न चाहन्छु