WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, October 4, 2011

"गजल" दशैं विशेष

छुट्टी मैले मागेकै हो तर,नपाउने भएँ आमा 
यसपाली नि दशैंमा घर, नआउने भएँ आमा

ताजै   पोहोर चा-चाहुई, गर्दै खेलेको पिङ
मालाश्री मिठो भाका'नि, नगाउने भएँ आमा
  
मनसुन अली लामै 'रे, झरि परेको सुन्छु
खर-फाली तिनको छानो,नछाउने भएँ  आमा 

लहलह धानका बाला,गह्राभरी झुल्दै होलान  
हजूर'संगै तल-बेसी-बारीनधाउने भएँ आमा

आउँछ छोरो भनीकन, जमरा राख्यो होला
शुभ-साइतको टिका मैले,नलाउने भएँ आमा