WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, January 3, 2015

316. भो तिमी नाटकरुपी प्यार नगर यार

भो तिमी नाटकरुपी प्यार नगर यार 
अत्याचार माथि अत्याचार नगर यार

आफ्नो घरमा आफैले आगो लगाएर 
चिच्याई'चिच्याई हार'गुहार नगर यार

उ बाट सहयोगको आशा नगरेकै बेश 
अझै बिन्तीभाउ बारम्बार नगर यार

तिम्रो चरित्र सबैले जानी सकेकाछन् 
अब केवल देखावटी उद्धार नगर यार

प्रियालाई देखेरै म दिनहुँ पागल हुन्छु 
बस् त्यो भन्दा बढी शृंगार नगर यार


रोहित राना
बुटवल-१३ 
"Buddha was born in Nepal'