WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, March 9, 2015

318. जनयुद्धको मारा'मार भोगेकै हो वन्धु

जनयुद्धको मारा'मार भोगेकै हो वन्धु 
अन्याय र अत्याचार भोगेकै हो वन्धु

यो आकाश साँक्षी छ र तपाइँ हुनुहुन्छ 
हत्या हिंसा बारम्बार भोगेकै हो वन्धु

सर्वशुलभ त देशमा केहि पनि पाइदैन 
यो इन्धनको हाहाकार भोगेकै हो वन्धु

मुल्यवृद्धि पनि दिने पिच्छे गर्छन् यहाँ 
कालो व्यापारको बजार भोगेकै हो वन्धु

स्वयं" आफैलाई देवदास" त भन्दिन म 
निष्ठुरीको झुठो प्यार भोगेकै हो वन्धु

रोहित राना
बुटवल-१३, रुपन्देही 
"Buddha was Born in Nepal"