WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, September 27, 2014

309. हुनेलाई त यहाँ मालामाल भाछ दशैं

हुनेलाई त यहाँ मालामाल भाछ दशैं
नहुनेलाई कठै! अनिकाल भाछ दशैं

कस्ले पो बुझ्छर? यहाँ अरुको पीड़ा
बोझ माथि बोझ वेहाल भाछ दशैं

सबैकोमा चीची-पापा पाक्दै छ होला
मेरो भने रित्तो-रित्तो थाल भाछ दशैं

कस्लाइ भनुँ मनको पिडा मैलाइ था'छ
आँशुले भरिभराउ फेवाताल भाछ दशैं


''शुभ पल, शुभ समय ....मेरा सम्पूर्ण मित्रवन्धुहरु, आफन्तजन लगायत विश्व भरी छरिएर रहनु भएका समस्त नेपालीहरुलाई कार्य-सफलताको कामना सहित २०७१ विजय दशमीको हार्दिक मंगलमय शुभकामना  टक्र्याउन चहान्छु!!

रोहित राना
बुटवल-१३, रुपन्देही
"Buddha was born in Nepal'