WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, September 27, 2014

308. सिक्दैछु मैले केहि कुरा यो आकास बाट

सिक्दैछु मैले केहि कुरा यो आकास बाट
यस्तै अनुभुती भयो उनको विस्वास बाट

यदा-कदा मेरो याद आयो भने तिमिलाइ
मुरिका'मुरि चुम्बन् लिनु प्रीया बतास बाट

तिम्लाइ पक्कै पिरोलेको छ पुरानो यादले
मैले महसुस गरि सकेँ है तिम्रै आभाष बाट

मृगौला र आँखा दान गरि देह त्यागेका हुन्
सिक्नुहोस् महासय केहि कुरा यो लाश बाट

अन्तत'राइट भाइहरुले' जहाज बनाइ उडाए
आखिर के नहुने रैछ र?गरेदेखी प्रयास बाट


रोहित राना
बुट्वल्-१३,रुपन्देही
"Buddha was born in Nepal