WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, September 17, 2014

307. मलाइ आफ्नै देश बेचेको आरोप लागेको छ

मलाइ आफ्नै देश बेचेको आरोप लागेको छ
तराइ अनि मधेस बेचेको आरोप लागेको छ

तँपाइहरुले पत्याउनुस् या त नपत्याउनुस्
शहिदको अवसेष बेचेको आरोप लागेको छ

विस्वास नै लागेको छैन हजुर खै के-खै के?
याँ आफ्नै परिवेश बेचेको आरोप लागेको छ

अचम्म तस्करी हो भन्दै जेल चलान गरियो
हिरोइन अनि चरेस बेचेको आरोप लागेको छ

न त मैले मान् बेचेकोछु न त नेपाली पन् नै
तैपनि नेपाली भेष बेचेको आरोप लागेको छ

रोहित राना
बुटवल्-१३,रुपन्देहि
"Buddha was born in Nepal'