WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, June 13, 2014

296. हजुर मेरो देशले परिवर्तन खोजि रहेछ

हजुर मेरो देशले परिवर्तन खोजि रहेछ
तराइ अनि मधेसले परिवर्तन खोजि रहेछ

शहिदका सपना पुरा गरिएन आज सम्म
त्यसैले ति अवशेषले परिवर्तन खोजि रहेछ

सधैं हजुर हरेस खाएको देखेर हेर्नुस् मित्र
सोहि खाएको हरेसले परिवर्तन खोजि रहेछ

अरे यार देशले मुहार फेरे पो हाम्रो फेरिन्छ
हेर्नुहोस् सारा परिभेषले परिवर्तन खोजि रहेछ

खुट्टामा ठेंस नलागेर कस्ले हिंड्न जान्दछर?
त्यसैले लागेको ठेंसले परिवर्तन खोजि रहेछ

रोहित राना
बुटवल -१३ रुपन्देही
"Buddha was born in नेपाल"