WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, June 24, 2014

298. म मान्छे हुनुको अर्थहरु खोजिरहेछु

म मान्छे हुनुको अर्थहरु खोजिरहेछु 
अनि जीवन के हो?तर्कहरु खोजिरहेछु 

आए हुन्थ्यो फेरि फर्केर त्यो बालापन 
कलिलो बालापनकै वर्षहरु खोजिरहेछु 

सारा विश्वले नै हर्षको उन्मात चाहान्छ
म जीवन रंगाउन दुख'दर्दहरु खोजिरहेछु 

सायद जीवनलाइ हजुरले बेसी बुझ्नुभाछ 
म त केवल मनको स्पर्शहरु खोजिरहेछु 

हुन त आखिर मरी लाने केहि पनि होइन 
तैपनि बाँच्नकै लागि शर्तहरु खोजिरहेछु 

रोहित राना 
@बुटवल 
"Buddha was Born in Nepal"