WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, April 26, 2013

215. नबोल भन्छु यी मेरा ओठ मान्दैनन्

नबोल भन्छु यी मेरा ओठ मान्दैनन्
नदुख भन्छु झन् दुख्ने चोट मान्दैनन्

कर्मैले नै ठगिएको मान्छे न परें म त
नदेखाँउ भन्छु यीनै खोट मान्दैनन्

बिषहरु मात्र फलि रहेछन् वृक्षभरि नै
नफल भन्दा पनि त्यी बोट मान्दैनन्

पाइलै पिच्छे असफलता मिलेकोछ यहाँ
अब त नगरुँ भन्छु तर अठोट मान्दैनन्

घुस खाने घुसियाहरु यस्तो भन्छन् बा
नखाउँ त भन्छु तर मेरा कोट मान्दैनन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
बुद्ध नेपालमा जन्मेका हुन्
Buddha was born in Nepal.