WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, April 8, 2013

204. आँखा भरि आँशु छ फुट्ला झैं शिर छ

आँखा भरि आँशु छ फुट्ला झैं शिर छ
कसलाई सुनाउनु खै मनै भरि पिर छ

ति पुजारी पैसा लुकाउनुमै व्यस्त छन्
त्यो चर्तिकला हेर्दै चुपचाप मन्दिर छ

कर्णालीमा भोकमरि भएको खबर आयो
नेताको घरमा चाँही पाक्दै गरेको खिर छ

भाइ फुटे गवार लुटे साँच्चै पो रहेछ नि
भाइलाई गैरी खेत मेरोमा पाखो भिर छ

बिछोडको पिडा खेपिराछु सम्हाल्दै मन
याद मेटाउन मात्र पापिनिको तस्विर छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान