WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, April 13, 2013

205. बिदिशिएको धेरै भयो धन कमाउने आशमा

बिदिशिएको धेरै भयो धन कमाउने आशमा
यो जिन्दगि खेरै गयो धन कमाउने आशमा
मातृभूमि छोडी हिंडियो के के नै होला भनेर
क्रमै खोटो मेरै छयो धन कमाउने आशमा
स्वदेश म फिरौं कसरि साहुको ऋण तिर्नु छ
सपना सबै चौघेरै रह्यो धन कमाउने आशमा
टन्टलापुर घाममा खट्न नसकी ढलेछु म त
कालले पनि सबेरै लग्यो धन कमाउने आशमा
रोहित राना
हाल-कबुल,अफगानिस्थान