WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, April 6, 2013

203. साँच्चै कस्तो दवाबै दवाब भो जिन्दगीमा

साँच्चै कस्तो दवाबै दवाब भो जिन्दगीमा
माया गर्ने प्रियसीको अभाव भो जिन्दगीमा

सबको जस्तै मन मिल्ने साथि भए हुन्थ्यो
मेरो त साथि भन्नु मात्र सराब भो जिन्दगीमा

न त केहि गर्न नै सकेँ न त हजुर मर्न नै सकेँ
पिर माथि पिर थपियो तनाब भो जिन्दगीमा

न बुझ्नै सकेँ न जान्नै सकेँ खै कस्तो कस्तो
सुल्झाउन निकै गाह्रो हिसाब भो जिन्दगीमा

निर्दोषलाई नै दोषी ठान्छ हाम्रो पापी समाजले
स्वयम भन्नुस् कस्तो?निसाफ भो जिन्दगीमा

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान