WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, April 4, 2013

202. किन हो खै तिम्रो तस्वीरले गिज्याउँदैछ

किन हो खै तिम्रो तस्वीरले गिज्याउँदैछ
अझ बेसी आफ्नै तक्दिरले गिज्याउँदैछ

आफ्नै देशलाइ बाँध्ने ए मुर्ख कुपुतहरु हो
हेर बाँधिएका तिनै जन्जिरले गिज्याउँदैछ

आज पनि सवारी खसेको समाचार आयो
त्यो चालकलाइ हेरेर भिरले गिज्याउँदैछ

कति मार्छौ हे माझि, निर्दोष माछाहरुलाइ
तिम्रो हर्कत देखेर त्यो तीरले गिज्याउँदैछ

छि छि आफ्नै देहको व्यापार गर्ने नारीहरु हो
ति चर्तिकला देखि तिम्रै शरीरले गिज्याउँदैछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान