WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, April 2, 2013

201. खै किन हो अचेल यो मन एक्लो भाछ

खै किन हो अचेल यो मन एक्लो भाछ
धड्किने  दिलको धड्कन एक्लो भाछ

कोइलीले कुहु-कुहु  चिरबिर गर्थे चराहरु
बसाइ सरि गएछन् मधुवन एक्लो भाछ

कलियुगको मुनाको के कुरा गर्नु छर खै?
विस्वास्घात गरे पछि मदन एक्लो भाछ  

प्रदेशी घर सम्झी फिरेको छैन आजसम्म
त्यसैले हेर्नुहोस् यो घरआँगन एक्लो भाछ

तिम्रै नामको सिन्दुर मैले लाउँछु भन्थीन्
तर पापिनिको बाचा  बन्धन एक्लो भाछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान