WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, April 1, 2013

200. भो मलाई तिम्रो केहि मत्दत चांहिदैन

भो मलाई तिम्रो  केहि मत्दत चांहिदैन
क्षणीक देखावटी त्यो स्वागत चांहिदैन

कमिलाहरुको पनी आफ्नै अस्तित्व छ
कसम तिनलाई तिम्रो इत्जत चांहिदैन

दश नंग्रा खियाइ जिउँनु पर्छ भने आखिर
देशको ढुकुटी छली दिने राहत चांहिदैन

आफ्नै झुपडीमा म स्वर्गीय आभाष पाउँछु
केहि पलको लागि ति बंगला छत चांहिदैन

को कस्तो छ भन्ने सबै बुझाकार हुनुहुन्छ
बकम्फुसे रबाफका ति अभिमत चांहिदैन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान