WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, April 22, 2013

212. गजल लेखेर लाउन खान काहाँ पुग्या छर ?

गजल लेखेर लाउन खान काहाँ पुग्या छर ?
सत्य यो कुरा सबैले जान काहाँ पुग्या छर ?

मेरो मित्र गजल लेखेर बाँच्याछु भन्नु हुन्छ
भयो भयो ब्याङ्ग्य नहान काहाँ पुग्या छर ?

पापीनीको यादमा हरेक रात मातिन्छु अचेल
सक्दिन होला छोड्न धुम्रपान काहाँ पुग्या छर ?

मेरा गज़ल सुन्ने पहिलो श्रोता ढुंगाहरु हुन्छन्
साँच्चै तिमीले मान या नमान काहाँ पुग्या छर ?

विश्वकै धनीको सुचिमा नेपालि नाम परेकै हो
तर पनि गरिबलाइ दिन दान काहाँ पुग्या छर ?

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्