WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, April 21, 2013

211. भेटिनै छाडे सज्जन हाम्रो बस्तिमा

भेटिनै छाडे सज्जन हाम्रो बस्तिमा
कहाँ पाउनु स्पन्दन हाम्रो बस्तीमा

संस्कृति पनि अर्कैको अंगाल्दै छन्
हरायो है नेपाली पन हाम्रो बस्तीमा

आफ्नै इत्जत नै लिलाममा छ हेर्नुस्
खातिर त्यो कालो धन हाम्रो बस्तीमा

सन्ततिले के भन्लान् छैन केहि वास्ता
व्यापार गर्छन् चुम्बन हाम्रो बस्तीमा

पापीनीले वचन दिइ एक्लै छाडेर गइ
अब सम्भव छैन मिलन हाम्रो बस्तीमा

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान