WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, April 21, 2013

210. सस्तो र सुलभ हाम्रो लागि बजार आएन

सस्तो र सुलभ हाम्रो लागि बजार आएन
जनतालाई बुझ्ने कहिले सरकार आएन

प्रेमका प्रत्रसंगै कोशेली धेरै पठाएँ उनैलाई
प्रति उत्तरमा चिट्ठी आएन उपहार आएन

नेताकै छ मोज मस्ती जे गर्दा नि हुदो रैछ
दिनदहाडै घुसखाँदा पनि अख्तियार आएन

छोरो अपहरणमा पर्यो गुहारें कसैले?सुनेनन्
खै? गाउँमा प्रत्रकार आएन समाचार आएन

यो पापी संसार हुने खानेको मात्र रहेछ हजुर
हाम्रो लागि स्वयं बाँच्ने समेत आधार आएन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान