WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, April 19, 2013

209. तिमीले अति गर्यो म शहर छोड्दैछु

तिमीले अति गर्यो म शहर छोड्दैछु
बाँकी जीवनका सारा रहर छोड्दैछु

एक्लै आएको थिएँ एक्लै जान्छु अब
तिमीसंग हिंडेका ति सफर छोड्दैछु

मेरो प्रगतिले तिम्रो आँखा बिझाएछ
त्यसैले मेरा आँखाका नजर छोड्दैछु

लेखेरै बाँचेको थिएँ अब आशा छैन
पढेर नरुनु गजलको बहर छोड्दैछु

तिम्रो झुठो साथ चहिएन अब पापीनी
यो जीवनको अन्तिम प्रहर छोड्दैछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान