WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, April 27, 2013

217. शरीर सिथिल कम्जोर भएर गाछ

शरीर सिथिल कम्जोर भएर गाछ
झनै यो मन भोरविभोर भएर गाछ

अहिलेका पुलिस थानाहरु हेर्नुस् त
गाइ वस्तु थुन्ने ति खोर भएर गाछ

खरानी घसी हिन्ने त्रिशुलधारि शाधु
कलियुगको खुँखार चोर भएर गाछ

सतिले सरापेको मेरै देश हो भन्छन्
त्यसैले होला बिरोध घोर भएर गाछ

आशा थियो एकदिन पत्थर पगाल्छु
तर पापीनीको मन झन् कठोर भएर गाछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"