WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, April 28, 2013

218.अचम्म उन्ले जवानी थोकमा बेच्दैछिन्

अचम्म उन्ले जवानी थोकमा बेच्दैछिन्
बजार गल्लि गल्लि चोकमा बेच्दैछिन्

कहिले काहीं निकै ठुलो व्यापार हुँदो रैछ
आज भने अलि मन्धि शोकमा बेच्दैछिन्

एक अज्नवी त्यो जवानीको पागल भएछ
त्यसैले हेर्नुस् त प्रेमको रोगमा बेच्दैछिन्

पहिले भन्दा ग्रहाक घटेछ व्यापार घटेछ
साँउ पनि उठ्दैन रे बिजोगमा बेच्दैछिन्

तुहि गएछ सपना भताभुङ्ग भएछ चाहना
त्यसैले हिजो आज झन् झोंकमा बेच्दैछिन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"