WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, April 30, 2013

219. सुन्छु निकै अनौठो राग आउदैछ

सुन्छु निकै अनौठो राग आउदैछ
तिम्रो पोल्टामा ठुलै भाग आउदैछ

अहिलेको हाम्रो नयाँ सरकारसँग
जनताको विशाल माग आउदैछ

खुकुरी लिइ मार्छु भन्दै गाएकोछ उ
उस्को जीवनमा कालो दाग आउदैछ

यो छोरो प्रदेशिएको धेरै भयो आमा
फर्किने सन्देश लिइ काग आउदैछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"