WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, April 27, 2013

216. कस्तो बेग्लै खालको रौनक छाएको छ

कस्तो बेग्लै खालको रौनक छाएको छ
भोको प्यासी मन पनी टन्न अघाएको छ

अँध्यारो थियो हिजो सम्म मेरो बस्तिमा
आश्चर्य छु आज जुन र घाम उदाएको छ

आस्था गर्दा गर्दै थाकेछ क्यारे पुजारी पनि
त्यसैले मन्दिरलाई शौचालय बनाएको छ

मेरै छातीलाइ मैले अचानो बनाएको थिएँ
त्यसैले टुक्राटुक्रा हुने गरि चोट खाएको छ

बिर्सु भन्छु तर याद हरपल उसैको आउँछ
पापिनिको यादले रुनु सम्म रुवाएको छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"