WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, April 15, 2013

206. दुखित यो आफ्नै मनको कुरा कति गर्नु

दुखित यो आफ्नै मनको कुरा कति गर्नु
सिथिल भाको जीवनको कुरा कति गर्नु

मेरो देशसँगै म पनि त जलिराको छु हजुर
छातीको ज्वाला दनदनको कुरा कति गर्नु

मार्दैछन् जनता यहाँ आफ्नै स्वार्थ लागि
बदमास नेताका चयनको कुरा कति गर्नु

खै कहिले हो देशमा शु-शान्ति छाउने दिन
यो लाचारी जीवन र मरनको कुरा कति गर्नु


नव वर्ष आयो फेरी फेरियो भित्ताको पात्रो
नफेरिने मेरो आफ्नै पनको कुरा कति गर्नु



रोहित राना
काबुल,अफगानिस्थान