WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, April 17, 2013

207. आँटेका सारा प्रयासहरु सफल भए पछि

आँटेका सारा प्रयासहरु सफल भए पछि
जिन्दगि परिवर्तन भो हलचल भए पछि

सुन फलाउँछु म अब मेरै पाखा पखेरोमा
के हुन्न र हजुर चौतर्फी पहल भए पछि

अब कलमको युद्ध हुनु जरुरि देख्छु मैले
शु-शान्ति छाउनेछ सबै असल भए पछि

हिँसा द्वन्द मासिएर जानेछ पक्कै एकदिन
सबैको मन पवित्र अनि कोमल भए पछि

चिनिनेछ मेरो देश शान्ति क्षेत्रको नाममा
सोँचेझैं परिवर्तन हरक्षण हरपल भए पछि

रोहित राना
हाल-कबुल,अफगानिस्थान