WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, April 18, 2013

208. मैले हेर्ने त्यो तारा फेरिएछ आकाश फेरिएछ

मैले हेर्ने त्यो तारा फेरिएछ आकाश फेरिएछ
साँच्चै यो मौसमसंगै चल्ने बतास फेरिएछ

मलाई देशको चिन्ता निकै बढ्न थालेको छ
मेरो देश हाक्ने नेता हजुर बदमास फेरिएछ

प्रदेशीदा चाँदै फर्किने बाचा थियो सानीसंग
मेरो फिर्ने पत्तो छैन उन्को बिस्वास फेरिएछ

हाम्रो भोटले बिजयी भएर सहर छिरेको नेता
हेर्नुस् त उसको गास,बास र कपास फेरिएछ

सोँच्दथें समय फेरिन्छ मान्छेको मन फेरिन्छ
तर आश्चर्य भयो मेरो देशको इतिहास फ़ेरिएछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान