WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, November 16, 2013

287. लाचारी केवल लाचारी सरकार देखिरहेछु

लाचारी केवल लाचारी सरकार देखिरहेछु
मेरो देश हाक्ने नेता झनै गद्दार देखिरहेछु

आमाकै छातीमा पो उसले आगो लगाउदैछ
नारा जुलुश बन्द यस्तै समाचार देखिरहेछु

कसरि बाँच्न सकिन्छ यस्तो परिस्थितिमा
बाँच्ने स्थिति नै नभएको आधार देखिरहेछु

आफैले गरेर खानु समेत दिदैनन् हजुर यहाँ
दमन शोषण हामीमाथि लगातार देखिरहेछु

दिन दुइगुणा र रात चौगुणा हुँदै गएको छ
छोई नसक्नु मुल्यवृद्धिकै बजार देखिरहेछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Tuesday, November 12, 2013

286. म आफै दोधारमा परेको खबर दिउँ कसरि ?

म आफै दोधारमा परेको खबर दिउँ कसरि ?
मृग जस्तै ओरालो झरेको खबर दिउँ कसरि?

आखाँहरु रुझेका छन् अनि शरीर छ शिथिल
आँशुको महासागर तरेको खबर दिउँ कसरि?

चराहरु जस्तै स्वतन्त्र हुन मलाई नि मन छ
दैवले बाँच्ने अस्तित्व हरेको खबर दिउँ कसरि?

हृदयभरि दर्द सहेर जिउने कोशीस गर्दैछु म
तर आत्मा नर्कमा सरेको खबर दिउँ कसरि?

घिसार्दै घिसार्दै काटेकोछु एक-एक पल मैले
त्यसैले यहाँ ज्यूँदै मरेको खबर दिउँ कसरि?

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Saturday, November 9, 2013

285. उ त्यो भित्ताको तस्विरमा बाबा हुनुहुन्छ

उ त्यो भित्ताको तस्विरमा बाबा हुनुहुन्छ
सोहि तस्बिर हेरिकन रुँदै आमा हुनुहुन्छ

लापत्ता र बेपत्ता यहि सरकारले गरेको हो
जवाफ देउ सरकार मेरो बा कहाँ हुनुहुन्छ?

कि हामीलाई सास देउ कि त भने लाश देउ
पत्तो छैन नजिक या खै कति टाढा हुनुहुन्छ

द्वन्दमा पति गुमाएकि अवला भन्दै थिइन्
उहाँ इतिहासको पानामा सदासदा हुनुहुन्छ

छोरा छोरा भनेको आवाज सुन्छु सधैं जसो
यस्तो लाग्छ बाबा मेरै दायाँ बाँयाँ हुनुहुन्छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

284. हृदयभरि पुरानै घाउको खिल भेटाएँ

हृदयभरि पुरानै घाउको खिल भेटाएँ
अधुरो यो जीवनको मन्जिल भेटाएँ

यो प्रितले नि बैमानी गरे झैं लाग्छ
कतै अँध्यारो कतै झिलमिल भेटाएँ

पिडासँग अपरिचित कोहि देख्दिन
मेरो जस्तै दुखि धेरैको दिल भेटाएँ

निकै भावुकभइ सुनीरहेँ उन्को व्यथा
गहभरि भरिनै आँशु टिलपिल भेटाएँ

नाम मात्रको कानुनको के अर्थ भो र?
निर्दोषकै शरीरभरी दाम निल भेटाएँ


8th nov 13
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Sunday, November 3, 2013

283. यहाँ यस्तै उदेक लाग्दो दिन् छ प्रिया

यहाँ यस्तै उदेक लाग्दो दिन् छ प्रिया
अनायासे यो अनुहार मलिन् छ प्रिया

दुरीले तिमि देखि कोसौं टाढा भए नि
सम्झना पलपल छिन्-छिन् छ प्रिया

जन्मभूमि सम्झेर तिमिलाई सम्झेर
नयन बाट अश्रु धारा बर्सिन्छ प्रिया

तिम्रै स्पर्शले पिरोली रहन्छ मलाई
त्यसैले मुटु हरक्षण चस्किन्छ प्रिया

खुशीले विदेशिएको पक्कै नि होइन म
फिर्ता लिनु पर्ने खेतबारी रिन् छ प्रिया

(बैकल्पिक शेर)
रोक्न चाहेर पनि कहिले सकिन मैले
यो पापी समयले के पर्खिन्छ प्रिया??

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Saturday, November 2, 2013

282. भाई आउँछ भन्दै दीदी मखमली उन्दै होलिन्

भाई आउँछ भन्दै दीदी मखमली उन्दै होलिन्
उपहार दिन मेरो लगी जलेरुमल बून्दै होलिन्

पोहर साल नि तिहारमा छुट्टी जान पईन
म आउने बाटो हेरी मनमा कुरा गुन्दै होलिन्

सप्तरंगी टिका र माला सर-समान जुताउँदै
कुन दिउं ढाका-टोपी थरी-थरी चुन्दै होलिन्

सथिसंगी भेला भई देउसी भैलो खेल्दा खेरी
गाउँदै नाच्दा उनिहरु देउसी गीत सुन्दै होलिन्

कति रोयो होला मन सबका भाइ आउँदाखेरि
ति गह भरि आशुँ लिइ आखाँहरु थुन्दै होलिन्

2010(tihar)
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"
  

Friday, November 1, 2013

281. म टाढा टाढा छु नजरमा प्रियाको

म टाढा टाढा छु नजरमा प्रियाको
नचुमेको धेरै भो अधरमा प्रियाको

यादले पिरोल्छ हरदिन हररातभरि
नपुगेको धेरै भयो शहरमा प्रियाको

एक्लै गर्दैछिन् यात्रा आजसम्म उनि
साथ दिनुछ मैले सफरमा प्रियाको

तन र मन दुख्छ पिडा अनन्त हुन्छ
यहि सन्देश आकोछ खबरमा प्रियाको

तड्पिएर बाँचिराछु हजुर साथै नहुँदा
मलाई पनि बेचैनछ असरमा प्रियाको

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"